सोनाम ग्याल्जेन सोलुखुम्बुबाट राष्ट्रियसभा सदस्य उम्मेदवार, को- को छन् अरु १८ जना? (नामावलीसहित )
सोलुखुम्बु।नेकपा एमालेले सोलुखुम्बु एमालेका लोकप्रिय नेता सोनाम ग्याल्जेन शेर्पालाई राष्ट्रियसभा सदस्यका लागि हुने निर्बाचनका लागि उम्मेदवार चयन गरेको छ।

राष्ट्रियसभाको १९ सिटका लागि माग १२ गते हुन लागेको निर्वाचनमा उम्मेदवार बनेका शेर्पा नेकपा एमाले प्रदेश १ कमिटी सदस्य समेत हुन।खुम्बु क्षेत्रको राजनीतिमा अत्यन्तै प्रभावशाली मानिने शेर्पालाई प्रदेश १ बाट राष्ट्रियसभा सदस्य चयन गरिएको हो। यसैगरी प्रदेश १ बाटै देवराज घिमिरे र सुमित्रा भण्डारीलाई पनि एमालेले राष्ट्रियसभा सदस्य उम्मेदवार बनाएको छ।
रिक्त सबै १९ सिटका लागि उम्मेदवारी दिने निर्णय लिएको एमालेले प्रदेश २ बाट असर्फी भिनवार यादव र विना साह बागमती प्रदेशबाट गोपाल शाक्य र निरकुमारी कुँवर गण्डकी प्रदेशबाट गोविन्दबहादुर नेपाली,लीला पोखरेल थनेत र पुण्यप्रसाद पौडेललाई उम्मेदवार चयन गरेको छ।
यसैगरी ,लुम्बिनी प्रदेशबाट
कृष्णबहादुर सुनार,भारतीय खनाल
र रामदयाल गुप्ता कर्णाली प्रदेशबाट
पदमबहादुर माझी,जमुना थापा
र चूडामणि शर्मा तथा सुदूरपश्चिम प्रदेशबाट नरेश विक,सन्तोषकुमारी शर्मा र डिल्लीराज भट्टलाई उम्मेदवार को रूपमा छनौट गरेको एमाले जनाएको छ।

