गृहमन्त्रीले भेटे मृत भेटिएका एसएसपीका परिवार
काठमाडौं– गृहमन्त्री बालकृष्ण खाणले संघीय इकाइ प्रहरी कार्यालय भैरहवाको निवासमै मृत अवस्थामा फेला परेका नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक ९एसएसपी० सुशीलकुमार यादवका परिवारसँग भेट गरेका छन्।

शुक्रबार साँझ घटनास्थलमा पुगेर गृहमन्त्री खाणले एसएसपी यादवका परिवारसँग भेट गरेर घटनाबारे जानकारी लिएका हुन्।
एसएसपी यादवको शव बिहान ११ बजेतिर झुण्डिएको अवस्थामा निवासमै भेटिएको थियो।
गृहमन्त्री खाणले उनको मृत्युको कारण खोज्न प्रहरीलाई निर्देशनसमेत दिएका छन्। प्रहरी प्रवक्ता बसन्त कुवरले घटनाको कारण नखुलेको र अनुसन्धान भइरहेको जानकारी दिए।

