अध्यक्ष राईद्वारा लोखिमको जनता माबिमा निर्मित सुबिधायुक्त छात्राबास उद्घाटन

सोलुखुम्बु ।जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाको जनता माध्यमिक विद्यालयमा निर्मित सुबिधायुक्त छात्राबासको उद्घाटन गरिएको छ।गाउँपालिकाको वडा नं- ९ लोखिममा निर्मित सो छात्रबासको गाउँपालिका अध्यक्ष अशिम राईले सोमबार उद्घाटन गर्नुभएको हो।

थुलुङ दुधकोसी गाउँपालिकाको समन्वय तथा स्टे एट स्कुल नेपालको पुर्ण आर्थिक तथा प्राविधिक सहयोगमा निर्मित सो छात्र बास ४८ जनाको क्षमता रहेको उद्घाटन समारोहमा जानकारी गराईएको थियो ।गत फाल्गुनबाट निर्माण कार्य सुरु गरिएको छात्रबास निर्माणका लागि १ करोड ७७ लाख २८ हजार २ सय चौबिस रुपैंया खर्च भएको बताईएको छ।


६ रोपनी जग्गामा फैलिएको उक्त छात्रावासमा क्यन्टिन, तरकारी बाली, खेलकुद, पार्क लगायत निर्माण गरिएको छ। २४ जना छात्र र २४ जना छात्रा क्षमता भएको छात्रावासमा गाउँपालिकावासीसँगै बाहिरी जिल्लाबाट आउने विद्यार्थी समेत लाभान्वित हुने अपेक्षा गरिएको छ।
छात्राबास उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गाउंपालिका अध्यक्ष राईले दक्ष जनशक्ति निर्माणका लागि आफुले शैक्षिक सुधारका लागि भौतिक पूर्बाधारको बिकासलाई समेत प्राथमिकता दिंदै आएको बताउनुभयो।
अध्यक्ष राईले छात्राबास निर्माणमा सहयोग गर्ने संघ-संस्थाहरुलाई धन्यवाद समेत व्यक्त गर्नुभएको छ ।

