सल्यानबाट दाङ जाँदै गरेको बस दुर्घटनामा ज्यान गुमाउने सबैको सनाखत, चालक अझै फरार



काठमाडौं।सल्यानको कपुरकोट गाउँपालिका ५ खारखोलामा आइतबार भएको बस दुर्घटनामा मृत्यु भएका सबैको सनाखत भएको छ । मृत्यु हुनेमा छत्रेस्वरी गाउँपालिका २ दमाचौरका वर्ष २९ का तीलक ओली र घोराही उपमहानगरपालिकाकी वर्ष ६५ की ईन्द्रा अधिकारी, बबई गाउँपालिका ६की वर्ष ६० की कलादेवी बुढाथोकी, वर्ष ६५ की गैलीदेवी रेउले, शान्तिनगर गाउँपालिका ८ की ३५ की साबित्रा केसी छन् ।

यस्तै शारदा नगरपालिका १२ की ५३ की प्रभा चलाउने, वडा नं २ की ६५ की मीना डाँगी, ३ की ६६ की लीला बुढाथोकी, त्रिवेणी गाउँपालिका १ की २४ की मीना शाही, घोराही उमनपा १० की वर्ष ३६ की रुपा केसी, त्रिवेणी गाउँपालिका ४ की बालिका सरिता बोहरा, शान्तिनगर गाउँपालिका ६ दाङका सुरज ओली रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक गोविन्द थापाले गम्भिर घाइते भएका १८ मध्ये ८ जनालाई हेलिकप्टरबाट र १० जनालाई गाडीबाट उपचारका लागि नेपालगन्ज लगिएको बताए । उनका अनुसार सामान्य घाइते भएका १० को जिल्ला अस्पताल र निजी अस्पतालमा उपचार भइरहेको छ ।

खलंगाबाट तुलसीपुर जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस दुर्घटनाको वास्तविक कारण खुल्न सकेको छैन । तर तीव्र गति र क्षमताभन्दा बढी यात्रु कारण दुर्घटना भएको आशंका गरिएको छ । ४० भन्दा बढी यात्रु सवार सो बसका चालक भने फरार रहेको प्रहरीले जनाएको छ।९सांकेतिक तस्बिर ०

प्रतिक्रिया दिनुहोस्