आज भाईटीका : टीका लगाउने उत्तम साईत बिहान ११ बजेर २ मिनेटमा




काठमाडौं।नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ।

विकास समितिका अनुसार कात्तिक २० गते, बिहान ११ बजेर २ मिनेटमा भाइटीका को उत्तम साइत छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दसैं र भाइटीकाको साइत सार्वजनिक गर्दै आएको छ।

कात्तिक २० गते दिनभर टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि अभिजित् मुहूर्तको शुभ साइत दिइएको समितिले जनाएको छ

प्रतिक्रिया दिनुहोस्