क्लब भवन निर्माणका लागि बांस्तोलाद्वारा नि: शुल्क करिब एक रोपनी जग्गा प्रदान



सोलुखुम्बु । नेपाली कांग्रेसका युवा नेता दिनराज बास्तोलाले जिल्लाको नेचासल्यानमा स्थापित कृयटिभ सोसियल युथ क्लबको भवन निर्माण का लागि नि:शुल्क जग्गा प्रदान गरेका छन् ।

नेपाली कांग्रेसको नीति अनुसन्धान तथा प्रशिक्षण बिभाग अन्तरगतको सरकारी तथा गैरसरकारी संस्थाहरुको बिज्ञ रहेका बास्तोलाले नेचासल्यान गाउँपालिकाको वडा नं- ३ घले सुंघारामा रहेको भाइ कुमार बास्तोलासंगको सगोली जग्गाबाट करिब १ रोपनी भवन निर्माणका लागि हस्तान्तरण गरेको क्लबका अध्यक्ष शम्भु घिमिरेले बताए।अध्यक्ष घिमिरेका अनुसार दिनराज सो क्लबका सल्लाहकार समेत हुन्।

जिल्ला मालपोत कार्यालय सोलुखुम्बुबाट रजिष्ट्रेशन गरि बांस्तोलाले सो जग्गाको धनीपुर्जा शुक्रवार क्लबलाई हस्तान्तरण गरेका थिए।स्वर्गीय बुवा पुस्पलाल बास्तोला र ममि ठगमाया बास्तोलाको स्मृतिमा सो जग्गा प्रदान गरेको बास्तोलाले बताए ।

राजनीति र सामाजिक क्षेत्रमा उत्तिकै सक्रिय बास्तोलाले नि: शुल्क जग्गा उपलब्ध गराएर क्लबको स्थायित्वका लागि महत्वपूर्ण योगदान गरेको क्लबका अध्यक्ष घिमिरेले प्रतिक्रिया दिए।बास्तोलाले क्लबप्रति देखाएको यो सदासयता राजनीतिक तथा सामाजिक सेवामा सक्रिय ब्यक्तित्वका लागि उदाहरणीय भएको उनको भनाई छ।

प्रतिक्रिया दिनुहोस्