प्रदेश नं १ पर्यटन बोर्ड सदस्यमा सोलुखुम्बुका राई नियुक्त

सोलुखुम्बु । नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुका सदस्य समेत रहेका पर्यटन ब्यबसायी भिमराज राई प्रदेश नं १ पर्यटन बोर्डको सदस्यमा नियक्त भएका छन् ।

प्रदेश नं १ को उद्योग,पर्यटन बन तथा वातावरण मन्त्रालयको प्रस्तावमा प्रदेश मन्त्रीपरिषद बैठकले जिल्लाको सोताङ गाउँपालिका निबासी राईलाई बोर्ड सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो।
बैठकले राईसंगै फडिन्द्र अधिकारी (मोरङ),देवी गौतम (सुनसरी),उमेश घिमिरे (धनकुटा),जितबहादुर भुजेल (तेर्हथुम), अग्निप्रसाद पौडेल (ताप्लेजुङ),प्रेरणा थापा रेग्मी (सुनसरी),इन्दिरा श्रेष्ठ (झापा) र दिब्य भट्टराई (इलाम)लाई पनि सदस्यमा नियुक्त गरेको छ।समितिलाई कार्यकारी निर्देशक चयन गर्ने जिम्मेवारी समेत दिइएको छ।
प्रदेश नं १ मा पर्यटन प्रबर्द्धन र बिस्तारका लागि कार्यक्रम तर्जुमा र कार्यान्वनका लागि गठन गरिएको सो समितिको सदस्य सचिबको जिम्मेवारी उद्योग,पर्यटन,बन तथा वातावरण मन्त्रालयका सचिबलाई दिइएको मन्त्रालयले जनाएको छ।

