मन्त्रिपरिषद बिस्तारपछि कमल थापाको टिप्पणी – ‘प्रधानन्यायाधीशले पदमा रहने नैतिकता गुमाए’

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले पदमा रहने नैतिकता गुमाएको टिप्पणी गरेका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीमण्डल बिस्तार गरेसंगै ट्विटरमा प्रतिक्रिया दिंदै थापाले सो टिप्पणी गरेका हुन।शुक्रबार मन्त्रिपरिषदमा गैरसांसद गजेन्द्र हमाललाई आपूर्तिमन्त्री नियुक्त गरेपछि ’परमादेश’ लेनदेनको आधारमा भएको प्रमाणित भएको बताउंदै गठबन्धन नांगो भएको उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘वर्तमान गठबन्धन मन्त्रिपरिषदमा एक ‘गैर सांसद’को सहभागिताले ‘परमादेश’ लेनदेनको आधारमा भएको प्रमाणित भएको छ । न्यायपालिकाको विश्वसनीयतामा अपूरणीय क्षति भयो । कानुनी राज्यको अवधारणा र लोकतन्त्रको चीरहरण भएको छ । गठबन्धन नाङ्गो भएको छ । प्रधानन्यायाधीशले पदमा रहने नैतिकता गुमाउनु भयो ।’
प्रधानन्यायाधीश चालेन्द्र शम्सेर जबराले मन्त्रिपरिषदमा भाग खोजेको सामाचार केही दिन सार्वजनिक भएको थियो । तर प्रधानन्यायाधीशले त्यस्तो समाचारमा सत्यता नभएको प्रष्टीकरण दिएका थिए ।

