सोलुदुधकुण्ड : एमाले वडा नं-६ को आयोजनामा शुभकामना आदान-प्रदान सम्पन्न



सोलुखुम्बु ।नेकपा एमाले सोलुदुधकुण्ड नगरपालिका वडा न. ६ सोलुखुम्बुको आयोजनामा नेपाली हरुको महान चाड बडादशैंको अवसरमा शुभकामना आदान- प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ।

पार्टी प्रदेश कमिटी सदस्य मानबीर राईको प्रमुख आतिथ्यता तथा पार्टी वडा ईन्चार्ज दाडोमा शेर्पाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोषण श्रेष्ठको अध्यक्षतामा ३५ सदस्यीय राष्ट्रिय युवा संघ ६ नं वडा कमिटी र अनिल घतानिको अध्यक्षतामा ११ सदस्यीय उत्पीडित जातिय मुक्ति समाज ६ न. वडा कमिटी घोषणा गरिएको छ।कार्यक्रममा घोषणा गरिए अनुसार युवा संघ ६ नं वडा कमिटीको उपाध्यक्ष र युथफोर्स प्रमुखमा दिनेश मगर,सचिबमा प्रकाश मगर , उपसचिवमा अनिल घतानी र कोषाध्यक्षमा शर्मिला बिक रहेका छन्।

कमिटीको सदस्यमा बिबेक शाक्य सदस्य ( युथफोर्स उपप्रमुख),सम्पुर्ण श्रेष्ठ, महेश मगर, सलिम श्रेष्ठ,सुजल राजभण्डारी बिनित श्रेष्ठ, दिपेश मगर, पेमा तामाङ, विशाल श्रेष्ठ नारायण श्रेष्ठ छन् ।
यसैगरी , छत्र बहादुर लामा,महेन्द्र श्रेष्ठ,समीर श्रेष्ठ ,पेम्बा श्रेष्ठ,अमिर काजी श्रेष्ठ,कान्छिमाया श्रेष्ठ ,रामचन्द्र सासङ्कर ,समिर घिमिरे,कुमार बस्नेत,अमृत बिक कुमार श्रेष्ठ,दिनेश श्रेष्ठ, दिपक श्रेष्ठ ,मिङ्मार शेर्पा, नुयल तामाङ :- सदस्य,आईतमान तामाङ,पेम्बा शेर्पा ,फुरि शेर्पा युवा संघ वडा कमिटी सदस्य रहेको जनाईएको छ।

उता घतानी अध्यक्ष रहेको उत्पीडित जातिय मुक्ति सामाजको सचिबमा अमृत गदाल र सदस्यहरुमा कल्पना बिक, सुनिता बिक,शर्मिला बिक, बिमला बिक, समीर बिक, राजु बिक, देशुमाया बिक, बुद्धराज बिक,भक्त बहादुर बिक सदस्य रहेको कमिटीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्