सोलुखुम्बुका विभिन्न ठाउँमा प्रहरीले स्थापना गर्‍यो यात्रु सहायता कक्ष



सोलुखुम्बु । सोलुखुम्बु प्रहरीले जिल्लाका विभिन्न ठाउँमा यात्रुहरुको सहजीकरणका लागि सहायता कक्ष स्थापना गर्ने कार्यलाई तीब्रता दिएको छ।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक कबित कट्वालको निर्देशनमा मातहत इकाईहरुले विभिन्न स्थानीय तहमा सहायता कक्ष सन्चालनमा ल्याएका ल्याउन थालेका हुन् ।हालसम्म सोलुदुधकुण्डको पत्ताले र जोरबौद्द तथा नेचासल्यानको बिहिबारे बजारमा सहायता कक्ष स्थापना गरिएको कट्वालले जानकारी दिनुभयो ।

चाडपर्व नजिकिएसंगै यात्रुहरूको चाप बढ्ने र त्यतिबेला हुन सक्ने ठगी र आपराधिक घटना नियन्त्रणका लागि यात्रु सहायता कक्ष स्थापना गरिएको वहाँको भनाई छ।अन्य स्थानहरुमा पनि सहायता कक्ष स्थापना गर्ने प्रहरीको तयारी छ।प्रहरी नायब निरीक्षक कट्वालले तोकिए भन्दा बढी भाडा लिने र यात्रुहरूमाथी दुर्व्यवहार गर्ने चालकलाई कडा भन्दा कडा कारबाही गरिने बताउनुभयो।

प्रहरी नायब उपरीक्षक कट्वालकै अगुवाईमा यसअघि कोरोना महामारीका समयमा यात्रुहरूसंग बढी भाडा असुल्ने सवारी चालकहरु लाई पत्तालेमा रोकेर उनीहरूको भाडा फिर्ता गराएको थियो।चाडपर्वका बेला पनि यस किसिमका घटना भए नजिकैको प्रहरी सहायता कक्षमा सम्पर्क गर्न वहाँले सर्बसाधारणलाई आग्रह गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्