केपी ओली कपको तेस्रो संस्करण फागुन ११ गतेदेखि सुरु हुने



काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगिताको तेस्रो संस्करण फागुन ११ गतेदेखि सुरु हुने भएको छ ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा केपी ओली कपको उद्घाटन फागुन ११ मा सुरु भएर १९ गते समापन हुने आयोजक राष्ट्रिय युवा सङ्घ नेपालले जानकारी दिएको छ ।

प्रतियोगिताको प्रारम्भिक तथा क्वाटर फाइनलका खेलहरु सातदोबाटोस्थित एन्फाको मैदानमा हुनेछ  भने सेमि फाइनल तथा फाइनल खेल दशरथ रंगशालामा हुनेछ । तेस्रो संस्करणमा ए डिभिजन क्लबहरूसहित १० टिमले प्रतिस्पर्धा गर्ने जानकारी गराइएको छ ।

यस प्रतियोगिताका विजेताले नगद १५ लाख ११ हजार १११ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।उत्कृष्ट खेलाडीले नगद १ लाख, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्तालाई समान ५० हजार तथा उत्कृष्ट उदीयमान खेलाडीलाई पनि ५० हजार रुपैयाँ प्रदान गरिने संघले जनाएको छ ।

हरेक खेलको विजेता टिमलाई २५ हजार र हरेक खेलको प्लेयर अफ दि म्याचलाई १५ हजार दिइनेछ । यसअघि केपी ओली कपको दुवै संस्करणको उपाधि मच्छिन्द्र एफसीले उचालेको थियो ।

प्रतिक्रिया दिनुहोस्