बाग्मती प्रदेशसभा बैठक असोज २४ गते बस्ने




काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले असोज २४ गते विश्‍वासको मत लिने भएकी छन्।

मुख्यमन्त्री शाक्यले विश्‍वासको मत लिने भएपछि प्रदेश सरकारले प्रदेश सभाको नवौं अधिवेशन असोज २४ गते आह्वान गर्ने निर्णय गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले असोज २४ गते (आइतबार) दिनको ३ बजेका लागि प्रदेश सभाको नवौं अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको बागमती प्रदेश सरकारका प्रवक्ता केशवराज पाण्डेले जानकारी दिए।

नेपाल समय
मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्‍वासको मत लिने प्रावधान अनुसार शाक्यले असोज २४ गते विश्‍वासको मत लिने निर्णय गरेकी हुन्।

प्रतिक्रिया दिनुहोस्