जसपा : मन्त्री छान्ने जिम्मा तीन नेतालाई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) मा सरकारमा सहभागी हुने मन्त्रीको नाम छान्ने जिम्मा शीर्ष नेताहरुले पाएका छन् । बुधबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा मन्त्री छनोट गर्ने जिम्मा शीर्ष नेताहरुलाई दिइने भएको हो ।

सकिएको छ। बैठकले गठबन्दन सरकारमा पठाउने मन्त्री छान्ने जिम्मा शीर्ष तीन नेतालाई दिएको छ ।
शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने मन्त्री छान्ने जिम्मा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईले पाएका छन् ।
जसपाले भौतिक पूर्वाधारसहित चार मन्त्रालय पाउने टुंगो लागेको छ ।
प्रधानमन्त्री देउवाले केही दिनमा नै मन्त्रिपरिषद विस्तार गर्ने संकेत देखाएका छन् । सत्ता गठबन्धनका नेताहरुबीच मन्त्रालय भागबण्डाको सहमति भएसंगै देउवाले मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन् ।

