प्रदेश २ : मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापाविरुद्ध जसपाले आन्दोलन गर्ने !

काठमाडौं।जसपाले प्रदेश २ का जनताबाट निर्वाचित मुख्यमन्त्रीको कार्यालयमा ‘बेटी बचाउ, बेटी पढाउ’ जस्तो जनलोकप्रिय कार्यक्रमलाई बदनाम गराउन छापामार शैलीमा छिरेर सरकार प्रमुखको शक्ति तथा गरिमा नै आघात पुर्याउने काम अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्न अत्यन्त आपत्तिजनक र दुरासयपूर्ण रहेको बताउंदै त्यसको बिरोधमा पमसाल जुलुस र प्रदर्शन गर्ने जनाएको छ ।

शनिबार प्रदेशका जिल्ला सदरमुकामहरुमा मसाल जुलुस प्रदर्शन र आइतबार बृहत विरोध प्रदर्शन गरिने जसपा प्रदेशका मुख्य सचिव शम्भु झाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
जसपाले अमर्यादित र विद्वेषपूर्ण तथा सामुदायिक एवं राजनीतिक प्रतिशोध र पूर्वाग्रहपूर्ण भावनाले मुख्यमन्त्री कार्यालयमा गरिएको छापामारी गलत भएको बताएको छ ।
अख्तियारले गरेको छापामारीको जसपा केन्द्रीय समितिले पनि भत्र्सना गरिसकेको छ ।गत १३ असोजमा अख्तियारको टोलीले छापा मार्दै ‘बेटी बचाऊ बेटी पढाऊ’ अभियान अन्तर्गत छात्रालाई वितरण गरिएको साइकल सम्बन्धी कागजात नियन्त्रणमा लिएको थियो ।

