सोलु कांग्रेसले स्थगित गर्‍यो अधिबेशनका कार्यक्रम



 

खगिन्द्रराज बास्तोला
सोलुखुम्बु ।नेपाली काग्रेस सोलुखुम्बु ले पूर्ब निर्धारित अधिबेशनका कार्यक्रमहरु हाललाई स्थगित भएको जनाएको छ।

नेपाली कांग्रेस जिल्ला कार्य समितिका सभापति बिनोदकुमार बस्नेतले शुक्रबार सूचना जारी गर्दै केन्द्रीय निर्बाचन समितिको गत शनिबारको निर्णय समेतका आधारमा केन्द्रीय निर्बाचन समितिबाट पछि तय हुने तालिका बमोजिम हुने गरि हाललाई स्थगित गरिएको जनाएका छन् ।

जिल्ला निर्बाचन अधिकृत कैलास गुरुङको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको सूचनामा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्