संसद अवरोध हटाउन प्रधानमन्त्री देउवा आफैंले अग्रसरता लिने

काठमाडौं।प्रतिनिधि सभाको अवरोध हटाउन सभामुख अग्नीप्रसाद सापकोटा असफल भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा आफैंले अग्रसरता लिने भएका छन् । त्यसका लागि प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग संवाद गर्ने भएका छन्।

विहीबार प्रधानमन्त्री देउवाले बोलाएको सर्वदलीय बैठक एमालेले बहिस्कार गरेको थियो। एमालेलाई सहमतिमा ल्याउनका लागि आफूले ओलीसँग संवाद गर्ने बैठकका क्रममा देउवाले बताएका थिए।
एमालेले प्रतिनिधि सभामा निरन्तर अवरोध जारी राखेपछि बैठक प्रभावित हुँदै आएको छ। उक्त समस्या समाधानका लागि प्रधानमन्त्रीले बालुवाटारमा सर्वदलीय बैठक डाकेका थिए जहाँ एमाले अनुपस्थित भयो।

