बन ब्यबस्थापनमा भएका समस्या नितिगत ब्यबस्थामार्फत हल गर्नुपर्ने
बिराटनगर ।उद्योग पर्यटन बन तथा बाताबरण मन्त्रालय १ नं प्रदेशको आयोजनामा सरोकारवालाको सहभागितामा बन बाताबरणसंग सम्बन्धि अन्तरक्रिया सम्पन्न भएको छ।

अन्तरक्रियालाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै मन्त्री लक्षुमण तिवारीले संघीय सरकारले बन सम्बन्धि नियमावली निर्माण नगरेकाले प्रदेशलाई नियमावली बनाएर समस्या हल गर्न बाधा भएको बताउनुभयो । कानुन जनताको पक्षमा निर्माण हुनुपर्ने र व्यवहारिक हुनुपर्ने भन्दै कार्यक्रममा सहभागी सरोकारवालाले दिनु भएको सुझाबलाई आधार मानेर प्रदेशले कानुन निर्माणमा काम गर्ने बताउनु भयो।
यस्तै बिशेष अतिथिको रूपमा कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री उत्तमकुमार बस्नेतले बन ब्यबस्थापनमा भएका समस्या नितिगत ब्यबस्था मार्फत हल गर्नुपर्ने धारणा राख्नु भयो । बिकास निर्माण र बन बाताबरण अन्तरसम्बन्धित भएकोले उचित नितिको आबश्यकता रहेकोमा जोड दिनु भयो । नेपालको बन क्षेत्र राज्यको आम्दानीको प्रमुख स्रोत भएकाले भोलिको पुस्ता लाई बन बाताबरण उचित अबस्थामा जोगाइ राख्न आबश्यक भएको प्रती राज्यमन्त्री बस्नेतले जोड दिनु भयो ।
कार्यक्रममा उधोग पर्यटन बन तथा बाताबरण समितिका सभापति तथा सदस्यहरु, प्रदेश बन निर्देशनालयका निर्देशक ,प्रदेश न १ अन्तरगतका १५ वटा बन डिभिजन तथा सबडिभिजन कार्यालयका प्रमुखहरू, सामुदायिक बन उपभोक्ता महासङका प्रतिनिधिहरु, कास्ट व्यावसायिहरु लगाएत बन तथा बाताबरण सग सम्बन्धि सरोकारवालाको सहभागिता रहेको थियोे ।
दुई चरणमा सन्चालन भएको कार्यक्रमको पहिलो चरणमा सहभागी बन अधिकृतहरुले पर्याप्त जनशक्ति र नितिगत अन्योलका कारण प्रभावकारी काम हुन नसकेको गुनासो गरे भने दोस्रो चरणमा सहभागी बन सग सम्बन्धित सरोकारवालाले बन पैदावर निकासी पैठारी र बिकासमा नितिगत अस्पष्ठता रहेकोमा दुख ब्यक्त गरेका छन ।

