सोलु कांग्रेसलाई झट्का, कर्मचारी तथा शिक्षक प्रधिनिधिलाई अधिबेशनमा सहभागी नगराउन अदालतको आदेश




सोलुखुम्बु।उच्च अदालत बिराटनगर अस्थायी इजलास ओखलढुंगाले नेपाली कांग्रेसको भोलि हुने नगर अधिबेशनमा कर्मचारी तथा शिक्षकबाट निर्बाचित प्रतिनिधिहरुलाई सहभागी नगराउन अन्तरकालीन आदेश जारी गरेको छ।

उत्प्रेषण मिश्रीत परमादेशको माग गर्दै मिलन बस्नेतद्वारा दायर रिटमा सुनुवाइ गर्दै न्यायधीश ठाकुर प्रसाद शर्माको एकल इजलासले सो आदेश जारी गरेको हो।ुशिक्षा बिकास तथा समन्वय इकाइको असोज ७ गतेको पत्र तथा सोलुदुधकुण्ड नगर कार्यपालिकाको पत्रसमेतका आधारमा अमृता कार्की नगरपालिका को कर्मचारी र हर्कबहादुर राई,रोहित कुमार कार्की, प्रेमकुमार राजभण्डारी तथा चेत बहादुर थापा सामुदायिक विद्यालयको स्थायी शिक्षक भएको देखिँदा असोज १३ गते अन्तरिम आदेशको टुंगो नलागेसम्म प्रत्यार्थीहरुलाई कर्मचारी तथा शिक्षकको हैसियत कायम राखी नेपाली कांग्रेसको असोज ९ गतेको गाउँपालिका था नगरपालिकाको निर्बाचनमा उम्मेदवार दर्ता गर्ने गराउने तथा दलको कार्यक्रममा सहभागी नगर्नु नगराउनुु शुक्रबार जारी अदालतको अल्पकालीन आदेशमा भनिएको छ।

जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु लगायतविरुद्ध दायर सो रिटमा निबेदकको माग बमोजिम आदेश किन जारी गर्नु नपर्ने सो को आधार कारण र प्रमाण भए सो समेत खुलाई आफैं वा कानुन बमोजिमको प्रतिनिधिमार्फत १५ दिनभित्र जवाफ पेश गर्न विपक्षीका नाममा आदेस समेत गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्