एमाले केन्द्रीय कमिटी बैठक आज बस्दै, बिधान महाधिवेशनमा प्रस्तुत हुने एजेन्डामाथि छलफल हुने



काठमाडौं।नेकपा एमालेको केन्द्रीय कमिटी बैठकको बैठक आज बस्ने भएको छ।शनिवारसम्म चल्ने सो बैठकमा विधान महाधिवेशनमा पेश हुने प्रतिवेदनमाथि छलफल हुने केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बताए ।

तामाङका अनुसार ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा बस्न लागेको केन्द्रीय कमिटी बैठकमा आगामी असोज १५, १६ र १७ गते हुन गइरहेको विधान महाधिवेशनका लागि राजनीतिक प्रस्ताव, सांगठनिक प्रस्ताव र विधान संशोधनसम्बन्धी प्रस्तावमाथि छलफल हुनेछ ।

यसअघि स्थायी कमिटी बैठकले प्रस्ताव पारित गरिसकेको छ । केन्द्रीय कमिटीले पारित गरेका प्रस्ताव विधान महाधिवेशनमा पेश गरिने छन् ।

प्रतिक्रिया दिनुहोस्