बिप्लव निकट कर्मचारी महासंघका अधिकांश पदाधिकारी माओवादी केन्द्र निकट कर्मचारी संगठनमा समाहित



काठमाडौं।नेपाल कम्युनिष्ट पार्टी विप्लव निकट राष्ट्रिय कर्मचारी महासंघको कोषाध्यक्ष एवं विश्वविद्यालय राष्ट्रिय समितिका अध्यक्ष हरिहर बस्नेत सहित अधिकांश सदस्य र पदाधिकारी माओवादी केन्द्रको कर्मचारी संगठन नेपाल राष्ट्रिय कर्मचारी संगठनमा समाहित भएका छन ।
बस्नेतले विज्ञप्ति जारी गर्दै अधिकांश सदस्य र पदाधिकारी सहित नेकपा माओवादी केन्द्र समर्थित कर्मचारी संगठनमा एकताको भाव अनुसार सम्मिलित (एकाकार) भएको घोषणा गरेका छन ।
विश्वविद्यालय राष्ट्रिय समितिका अध्यक्ष दीपक तिवारी र महासचिव लोकेन्द्र आर.सी.ले उहाँहरुलाई वागत गर्नुहुदै आउनु भएका सबै कर्मचारी साथीहरुलाई संगठनमा उपयुक्त जिम्मेवारी प्रदान गरिने अध्यक्ष तिवारीले बताउनु भएको छ ।
सो अवसरमा बस्नेतले समाजवादी क्रान्ति पुरा गर्न सबै मार्क्सवादीहरु एकठाउँ जुट्नुको विकल्प नरहेको भन्दै आफुहरु मुलघरमा फर्केको र बाँकी रहेका साथीहरुलाई पनि आउन आह्वान गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्