नेपाल राष्ट्रिय कर्मचारी संगठन विश्वविद्यालय राष्ट्रिय समितिको महाधिवेशन पौष १६ मा हुने

काठमाडौं।नेपाल राष्ट्रिय कर्मचारी संगठन विश्वविद्यालय राष्ट्रिय समितिको महाधिवेशन आगामी २०७८ पौष १६ गते काठमाडौंमा हुने भएको छ ।

समितिको हालै सम्पन्न भर्चुअल बैठकले सो निर्णय गरेको हो। त्यसै गरी सबै विश्वविद्यालय र प्रतिष्ठानहरुको केन्द्रीय समितिको सम्मेलन पौष १० गतेभित्र अनिवार्य सम्पन्न गर्ने निर्णय समेत गरेको महासचिव लोकेन्द्र आर. सी.ले बताउनु भयो । बैठकले एक कार्यालय एक इकाई गठन, २०७८ मंसीर मसान्तसम्ममा मुखपत्र प्रकाशन, संघीय संरचना अनुसारको विधान मस्यौदा गर्ने, दशैतिहार शुभकामना आदानप्रदानका साथमा वैचारिक प्रशिक्षण कार्यक्रम संचालन गर्ने र राष्ट्रिय समितिमा मध्यपश्चिम विश्वविद्यालयबाट अजित बौंडेल र खुल्ला विश्वविद्यालयबाट देबेन्द्र कटुवाललाई थप गर्ने निर्णय समेत गरिएको महासचिव आर.सी. ले बताउनु भयो ।
बैठकमा कर्मचारी संगठनलाई जागिरेहरुको संस्था मात्रै नबनाएर बैचारिक र पेशागत हकहितको संगठनको रुपमा अगाडी बनाउनुपर्ने महासंघका सहसंयोजक मणिरत्न श्रेष्ठले बताउनु भयो ।
भर्चुअल बैठक कर्मचारी महासंघका सहसह-संयोजक मणिरत्न श्रेष्ठको प्रमुख आतिथ्यता र समितिका अध्यक्ष दीपक तिवारीको अध्यक्षतामा असोज २ गते शनिवार सम्पन्न भएको थियो ।

