आलोकनगरमा खुल्यो माधव नेपालको पार्टी कार्यालय



काठमाडौं । नेकपा एकीकृत समाजवादीले मिनभवनको आलोकनगरमा पार्टी कार्यालय सन्चालनमा ल्याएको छ।

अध्यक्ष माधवकुमार नेपालले रिबन काटेर पार्टी कार्यालयको कार्यालय शुभारम्भ गर्दै आफ्नो पार्टीले सबै पार्टी र नेता उस्तै हुन् भन्ने मान्यतालाई चिरेर नयाँ मानक स्थापित गर्ने बताएका छन् ।

अध्यक्ष नेपालले नेपाली नमूनाको समाजवाद कस्तो हुनसक्छ भने र बौद्धिक छलफल गर्दै अघि बढ्ने बताए । केन्द्रीय कार्यालय भवन उद्घाटन समारोहमा कार्यालय सचिव गंगालाल तुलाधरले स्थानीय, प्रदेश र संघ सबैतिरका कमिटी अब केन्द्रीय कार्यालयबाट सन्चालित हुने बताए ।

अध्यक्ष नेपालले पाँच दलीय गठबन्धनलाई निरन्तरता दिने र आगामी चुनावमा गठबन्धनसँग तालमेल गरेर शक्ति विस्तार गरिने बताए । तर, तत्काल अर्को पार्टीसँग एकीकरण नहुने समेत प्रष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्