बिभाजनको असर तलसम्म छैन,माधव नेपाल एमालेमै फर्कन्छन् :योगेश भट्टराई

काठमाडौं।नेकपा एमालेका सचिव योगेश भट्टराईले एमाले विभाजनको असर भने तल्लो तहमा खासै नपरेको बताएका छन् ।

गण्डकीका विभिन्न जिल्लाका बृहत् कार्यकर्ता भेलामा सहभागी भएर फर्किने क्रममा प्रेस चौतारी कास्कीले पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा भट्टराईले सो कुरा बताएका हुन्। जति तल गयो उति बिभाजनको असर कम रहेको बताउंदै उनले माधवकुमार नेपाल पुनः एमालेमै फर्किने बताएका छन्।
भट्टराईले यो सरकार चुनावसम्म रहन नसक्ने टिप्पणी पनि गरे । उनले अब हुने निर्वाचनको नेतृत्व पनि एमालेले गर्ने बताए ।
‘सरकारको अवस्था हेर्दा के सङ्केत गर्छौ भने अब चुनावमा जानै पर्छ । अर्को मङ्सिर मा त चुनाव हुन्छ नै,’ उनी भन्छन्, ‘तर यो सरकारले चुनावको समयसम्म पनि आफूलाई राख्न सक्दैन । फेरि पनि एमालेको नेतृत्वमा सरकार बन्छ । सोही सरकारले चुनाव गराउँछ ।’ सरकार पूर्ण रूपमा असफल भैसकेको भन्दै उनले अब नयाँ नेतृत्व आउन सक्ने बताए । ‘दुई महिनासम्म मन्त्रीमण्डलले पूर्णता पाएको छैन । सरकारकै कारण पहिलो पटक बजेट होल्ड भयो,’ उनी भन्छन्, ‘यही कदम अहिलेको सरकारको असक्षमता हो ।

