सम्पत्ति शुद्धीकरण बिभागमा भट्टराईलाई ल्याउने तयारी



भक्तपुर।भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेमकुमार भट्टराईलाई अर्थमन्त्री जनार्दन शर्माले सम्पत्ति शुद्धीकरण बिभागको महानिर्देशक बनाउने तयारी गरेका छन् ।

प्रशासन क्षेत्रमा इमान्दारितापूर्बक आफ्नो जिम्मेवारी सम्हाल्दै आएका भट्टराईलाई केहि समयभित्रै सो जिम्मेवारी दिने तयारीमा अर्थमन्त्री शर्मा रहेको श्रोतको भनाई छ।भट्टराईले ललितपुरको प्रमुख प्रशासकीय अधिकृत र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत जिम्मेवारी सम्हाली सकेका छन् । उनी तत्कालीन मन्त्री कृष्ण प्रसाद सिटौलाको निजी सचिब समेत भएका थिए।

प्रतिक्रिया दिनुहोस्