कांग्रेस,एमाले र माओवादीको ताण्डब जनतालाई अपाच्य : बुढाथोकी

काठमाडौँ, २६ भदौ । नेकपा माओवादी केन्द्र समाजवादीका ले कांग्रेस, एमाले र माओवादीको ताण्डव नृत्य नेपाली जनताका लागि अपाच्य भएको बताएका छन् ।

उनीहरूले सडक देखी सदन सम्म ताण्डब मच्च्याईरहेको आरोप लगाउंदै बुढाथोकीले अहिले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले) लगायत विभिन्न पार्टीबाट युवाहरु निराश भएर नेकपा माओवादी समाजवादीमा आकर्षित हुन थालेको बताए।ती पार्टी परित्याग गरि आफ्नो पार्टीमा प्रवेश गर्ने तीन दर्जन बढी युबाहरुलाई उनले कार्यक्रममा स्वागत गरेका थिए।
बुढाथोकीले एमसीसी पास भए नेपालको अखण्डतामाथि प्रहार हुने पनि बताए । रक्तपात हुनसक्छं,’ बुढाथोकीले भने । बुढाथोकीले भने,‘अहिले देशमा चाहनाबाहिरको अवस्था जुन सिर्जना भएको छ । यो अपकल्पनीय हो ।
पार्टीका सचिव मिघ बहादूर खत्रीले एमसीसी पारित भए बागमतीमा रगतको खोला बग्ने टिप्पणी गरे । उनले भने,‘एमसीसी पास भए बागमतीमा पानी हैन् रगत बग्ने छ ।खत्रीले भने, ‘ प्रचण्डको अहिले दुई धारमा देखिएका छन् । एमसीसी विरुद्व किन डटेर बोल्दैनन् ?’ उनले एमसीसीको विरोध गर्ने नेताहरुले सरकार छाडेर सडकमा आउनसक्नुपर्ने बताए ।
पार्टीका सचिव तथा प्रदेश नं २ का इन्चार्ज अरुण घिसिङले प्रचण्डलगायत नेताहरुले दक्षिणपन्थीहरुलाई सत्ताको बागडोर सम्हाल्न दिएको आरोप लगाउंदै प्रचण्ड, माधव नेपाल र केपी शर्मा ओली कम्युनिस्ट नभएको तर्क गरे । काभ्रे, ललितपुर, सिन्धुपाल्चोक लगायतका जिल्लामा रहेको युवाहरुले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेलगायत अन्य पार्टी परित्याग गरि समाजवादीमा प्रवेश गरेको बताए ।
नेकपा माओवादी समाजवादीमा प्रवेश गरेका सुमन गुरुङले भ्रष्टाचारको अन्त्य गर्न युवाहरु विभिन्न पार्टी परित्याग गरी नेकपा माओवादी केन्द्र समाजवादीमा प्रवेश गरेको बताए । देशमा परिवर्तनका लागि संघर्ष गरेकाहरुलाई बेवास्ता गर्दै नेताहरु विलासी जीवनमा लागेको आरोप लगाए । युवाहरुप्रति प्रमुख दलका नेताहरुले बेवास्ता गरेको टिप्पणी गरे ।
कार्यक्रममा बागमती प्रदेशका कार्यवाहक अध्यक्ष रामप्रसाद मैनालीलगायत बागमति प्रदेशका विभिन्न नेताहरुको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन योगेश राल्फालीले गरेका थिए ।
Write to मुक्ति बास्तोला
Aa

