सोलुखुम्बु : कांग्रेसको गाउँ/ नगर अधिबेशन भदौ २९ र प्रदेशसभा क्षेत्रीय अधिबेशन असोज ३ गते हुने

सोलुखुम्बु । नेपाली कांग्रेस सोलुखुम्बुको गाउँ तथा नगर अधिबेशन र प्रदेशसभा क्षेत्रीय अधिबेशनको मिति परिवर्तन गरिएको छ।

नेपाली कांग्रेस जिल्ला कार्य समिति सोलुखुम्बुका सभापति बिनोद कुमार बस्नेतका अनुसार परिबर्तित मिति अनुसार गाउँ तथा नगर अधिबेशन भाद्र २९ र प्रदेशसभा क्षेत्रीय अधिबेशन असोज ३ गते हुनेछ। यसअघि गाउँ तथा नगर अधिबेशन भदौ २७ र प्रदेशसभा क्षेत्रीय अधिबेशनका लागि असोज १ गतेको मिति तय गरिएको थियो।
सोलुखुम्बुको भौगोलिक बिकटताका कारण निर्धारित समयमै मतदान अधिकृतहरु सम्बन्धित ठाउँमा पुग्न नसक्ने भएका कारण सरोकारवालाहरुसंगको सल्लाहमा केन्द्रबाट खटिइ आउनुभएका निर्बाचन अधिकृत कैलाश गुरुङले सो मिति परिबर्तन गर्नुभएको सभापति बस्नेतद्वारा प्रकाशित बिज्ञप्तिमा उल्लेख गरिएको छ।


