दौडधुपमा एमसीसी उपाध्यक्ष फातिमा,आज प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्ड भेट्दै

काठमाडौं।एमसीसीकी उपाध्यक्ष फातिमा सुमारसहितको टोलीले आज प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारूढ गठबन्धनकै अर्का नेता माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेट गर्ने भएकी छन् ।

नेपालमा अत्यन्तै बिबादित बन्दै गएको एमसीसी सम्झौता कार्यान्वयनको वातावरण निर्माणका लागि बिहिवार बिहान काठमाडौं आईपुगेको फातिमा नेतृत्वको टोली नेकपा एमाले अध्यक्ष केपी ओली र नेकपा एसका अध्यक्ष माधव कुमार नेपालसंग बेटवार्ता गरेको थियो।
भेटका क्रममा एमाले अध्यक्ष ओलीले यसबारेमा आफ्नो दलले तत्काल धारणा बनाउनु आवश्यक नरहेको बताएका थिए भने नेकपा एसका अध्यक्ष नेपालले आफ्नो पार्टी नेपाली जनता र राष्ट्रको हितभन्दा बाहिर गएर अघि बढ्न नसक्ने प्रस्ट पारेको सो पार्टीका नेता गंगालाल तुलाधारले बताएका छन् । ।
एमसीसीको बिषयलाई लिएर सत्तारुढ घटक बिभाजित छ।प्रधानमन्त्री देउवा जसरी पनि संसद्बाट एमसीसी पारित गर्ने तयारीमा छन् भने सत्तारूढ गठबन्धनकै माओवादी र समाजवादी भने एमसीसी हुबहु पारित नगर्ने पक्षमा छन् ।
जसका कारण एमसीसी कार्यान्वयन गर्ने विषयमा प्रधानमन्त्री देउवा अप्ठ्यारोमा परेका छन् । सत्तारूढ दल जनता समाजवादी भने एमसीसीको विषयमा सकारात्मक देखिएको छ ।

