एमालेले गर्यो संघीय संसदको बैठक चल्न नदिने संकेत
काठमाडौं।नेकपा (एमाले) ले आजबाट सुरु हुने संघीय संसदको १० औं अधिबेशन चल्न नदिने संकेत गरेको छ।

अध्यक्ष केपी शर्मा ओलीले कारवाहीमा परेका गैरसांसदको उपस्थितिमा सदन चल्न नदिने बताएर संसद चल्न नदिने संकेत गरेका हुन। बुधबार सिंहदरबारमा बसेको एमाले संसदीय दलको बैठकमा बौल्दै ओलीले नेकपा (एकिकृत समाजवादी) का सांसद गैरसांसद रहेको आरोप लगाउदै सदन स्वीकार नगर्ने बताएका हुन् ।
ओलीले भने, ‘प्रतिनिधिसभा र राष्ट्रियसभा नियमावलीले गैरसांसदलाई संसदमा भाग लिन दिँदैनौ, हामी त्यसरी नियमावलीविपरित सदन चल्न दिँदैनौ ।’
उनले बैठकमा निर्वाचन आयोगप्रति पनि आक्रोस पोखेका थिए । कारवाही गरिएका सांसदलाई सनाखत गरेको समेत आरोप उनले लगाए । संसद अधिवेशन आज (बुधबार) ४ बजेदेखि सुरु हुँदैछ ।

