गोरूको मासु वेचविखन गर्दै गरेको अवस्थामा ५ जना पक्राउ

काठमाडौं।गोरु काटेर मासु बिक्रि गर्दै गरेको अवस्थामा काठमाडौं शंखरापुर नगरपालिका वडा नं. ३ ढोक्सान कात्तिके भञ्याङबाट ५ जनालाई पक्राउ गरेको छ।

गोरु काटी मासु बिक्री बितरण गरिरहेको भन्ने सुचनाका आधारमा वृत्त वौद्दबाट खटी गएको प्रहरी टोलीले उनीहरुलाई बुधबार पक्राउ गरेको महानगरीय प्रहरी परीसर टेकुले जनाएको छ।
पक्राउ पर्नेमा जिल्ला काभ्रे मण्डनदेउपुर नगरपालिका वडा नं. १ का बिजय घिसिङ,पृतम तामाङ , काठमाडौं शंखरापुर वडा नं ३ का मानबहादुर तामाङ, सोही ठाउँका सन्तबहादुर वाईवा र रञ्जित थीङ रहेको परीसरका प्रबक्ता प्रहरी नायब उपरीक्षक रमेश कुमार बस्नेतले जानकारी दिए।पक्राउ गरिएकाहरुलाई पशुपक्षी बिरुद्धको कसुरमा थप अनुसन्धान अघि बढाईएको बस्नेतको भनाई छ।

