खुसी मनाउनुपर्ने बेला शोकमा डुब्यो प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यको परिवार

काठमाडौं।एमाले स्थायी कमिटी सदस्य भीम आचार्य मुख्यमन्त्री बनेको खुशी मनाउनुपर्ने बेलामा उनको परिबार शोकमा डुबेको छ। प्रदेश नम्बर–१ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यका भाइ मृत अवस्था भेटिएपछि आचार्यसहित उनको परिवार शोकमा डुबेको हो।

बिहीबार सुनसरीको इनरुवा नगरपालिका–३ स्थित घरमा सुतेकै अवस्थामा ५९ वर्षीय राम आचार्य मृत फेला परेका हुन्
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सञ्जय थापाले प्रहरी टोली मृतकको घर पुगेर अनुसन्धान सुरु गरेको जानकारी दिए ।
मृत भेटिएका आचार्यको कोठाको भित्रबाटै चुकुल लगाइएको पाइएको छ । आचार्यलाई उच्च रक्तचाप, मधुमेह र मानसिक समस्या रहेको बताइएको छ ।

