स्रोत नखुलेको ८५ लाख ९६ हजार सहित ३ जना पक्राउ



का.जि. का.म.न.पा. वडा नं. २२ खिचापोखरी स्थित वारा जिल्ला सिमरा उपनगरपालीका वडा नं २ घर भई हाल काठमाडौ चण्डोल वस्ने उत्तम कुमार पौडेलको छोरा ३२ को लक्षमण पौडेलले वोकेको झोलामा अवैध रकम ३१ लाख सहित शंकास्पद अवस्थामा फेला परेको हुँदा पक्राउ गरी वृत्त जनसेवामा ल्ल्याई प्रारम्भिक सोधपुछ गर्दा निजले उक्त रकम रिन्कु भन्ने अभिशेष अग्रवालले दिएको भनि खुलाएको ।
रिन्कु भन्ने अभिशेष अग्रवाललाई खोज तलास गर्दे जाँदा काठमाडौ जिल्ला कामनपा वडा नं २४ फसिकेव स्थित राजेन्द्र स्थापितको घरमा रिन्कु भन्ने अभिशेष अग्रवालले संचालन गरेको Holiday Trading pvt. Ltd मा फेला पारी रितपुर्वक खानतलासी गर्दा निजको साथवाट रु ५४ लाख ५६ हजार फेला परेको हुँदा सोधपुछ गर्दा स्रोत खुलाउन नसकेको हुँदा कामदार मधुसुधन खडका सहित निजहरुले समानन्तर वैकिङ्ग कारोवार (हुण्डी) हुन सक्ने भएकोले निजहरुलाई वृत्त जनसेवावाट थप अनुसन्धान भईरेहेको ।

 

प्रतिक्रिया दिनुहोस्