भोलिदेखी लगातार तीन दिन सार्बजनिक बिदा



काठमाडौं । सरकारले पहिलो पटक गाईजात्राको अवसरमा देशभर सार्वजनिक बिदा दिएको छ । यसअघि सरकारले काठमाडौं उपत्यकामा मात्र गाईजात्राको अवसरमा सार्वजनिक बिदा दिँदै आएको थियो ।

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले गाईजात्रामा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेसँगै यसपालि देशभर गाईजात्रा मनाउन पाइने भएको हो । योसँगै लगातार तीन दिन सार्वजनिक बिदा परेको छ ।

भदौ ५ देखि ७ गतेसम्म लगातार तीन दिन सार्वजनिक बिदा परेको हो । भदौ ५ गते शनिबार सदावहार सार्वजनिक बिदा, भदौ ६ गते आइतबार रक्षाबन्धन र भदौ ७ गते सोमबार गाईजात्रा परेको हो ।

यद्यपि चाडपर्व बिदाहरु सावधानीपूर्वक मनाउन पनि सरकारले आह्वान गरेको छ । कोरोना भाइरसको महामारीका कारण सावधानी अपनाउन भनिएको हो ।

तर प्रशासनले नाममात्रको निषेधाज्ञा लगाएकाले गर्दा स्वास्थ्य मापदण्ड फगत नाटकजस्तोमात्र भएको छ । कोरोना संक्रमित बढ्दासमेत प्रशासनबाटै बेवास्ता हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्