डा. गोबिन्द केसीको अनशन स्थगित



काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा र डा. गोविन्द केसीबीच भएको वार्तामा सहमति भएको छ । सहमतिपछि डा.केसीले आफ्नो घोषित अनसन स्थगित गरेका छन् ।स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई पदमुक्त गर्नुपर्ने लगायतका माग राखेर डा. केसीले सत्याग्रहको घोषणा गरेका थिए ।

वार्तामा डा केसीसहित अधिवक्ता ओमप्रकाश अर्याल, डा जीवन क्षेत्री नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्की र डा अन्जनीकुमार झालगायत सहभागी थिए। साउन २२ गते विभिन्न ५ बुँदे माग राख्दै डा केसीले सरकारलाई अल्टिमेटम दिएका थिए।

प्रतिक्रिया दिनुहोस्