बजेट निर्माणमा जुट्यो थुलुङ दुधकोशी,के छ प्राथमिकता ?

सोलुखुम्बु।जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले आगामी असार १० गते बजेट सार्बजनिक गर्ने भएको छ।

टोल र बस्तीहरुको सुझाव र आवश्यकताका आधारमा योजना तर्जुमा गरि बजेट निर्माणलाई अगाडी बढाउने उद्देश्यसहित गाउँपालिकाले शुक्रबार बजेट क्यालेन्डर सार्बजनिक गरेको छ।
जिल्लाका गाउँपालिका मध्ये संघीय सरकारबाट यसबर्ष सबैभन्दा बढी बजेट प्राप्त गरेको थुलुङ दुधकोशीले
स्वास्थ्य , शिक्षा, पुर्वाधार विकास , रोजगारी साथै गाउपालिकाका गौरवका आयोजनाहरुको समापनलाई मुख्य प्राथमिकता दिने गाउँपालिका अध्यक्ष अशिम राईले जानकारी दिए।
अध्यक्ष राईलका अनुसार आगामी आर्थिक बर्षको बजेट निर्माणको औपचारिक सुरुवात आईतवार (भोलि)बाट हुनेछ।बजेट क्यालेन्डर अनुसार आईतवार राजश्व परामर्श समितिको वैठक बस्ने कार्यतालिका छ।
यसैगरी असार २ गते स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको वैठक बस्ने छ भने ३,४ र ५ गते वस्ती टोल स्तरबाट योजना छनौट गरिने गाउँपालिका अध्यक्ष अशिम राईले जानकारी दिए।
बजेट कार्यतालिकाअनुसार ६ र ७ गते वडास्तरीय योजना प्राथमिकिकरण, ८ र ९ गते एकिकृत बजेट तथा कार्यक्रम तर्जुमा गरिने छ। गाउँसभामा नीति तथा कार्यक्रम र बजेट प्रस्तुतअसार १० गते गरिने अध्यक्ष राईले बताए ।

