सिभिल बैंकको सीईओमा सुनिल पोखरेल नियुक्त

काठमाडाैं २८ जेठ । सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुनिल पोखरेल नियुक्त भएका छन ।

गोविन्द गुरुङले राजीनामा दिएपछि निमित्त सीईओ भएर काम गर्दै आएका उनलाई सीईओ नियुक्त गरिएको हो ।
बैंक संचालक समितिको बिहीबार बसेको बैठकले पोखरेललाई चार वर्षको लागि सीईओ नियुक्त गरेको हो ।
उनी २०७६ जेठ २ मा सिभिलको डेपुटी सीईओमा नियुक्त भएका थिए ।
पोखरेलले तत्कालिन एनआईसी, नविल, स्टाण्र्डर्ड चाटर्ड बैंक हुँदै म्यानमारको एसियन ग्रिन डेभलपमेन्ट बैंकमा गरी ३० वर्ष बैंकिङ क्षेत्रमा काम गरिसकेका छन् ।

