अध्यक्ष निरौलालाई मातृशोक



काठमाडौं। नेपाल समाजवादी कांग्रेसका अध्यक्ष गोविन्द निरौलालाई मातृशोक परेको छ । अध्यक्ष निरौलाकी ९४ वर्षीय आमा गंगादेवी निरौलाको शनिवार निधन भएको हो ।

उनलाई गत शनिबार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । होम आइसोलेसनमै उपचाररत निरौलाको काठमाडौंको मुलपानीस्थित निवासमा निधन भएको समाजवादी कांग्रेसका सचिव मानबहादुर गुरुङले जानकारी दिए ।स्व. निरौलाका २ छोरा र १ छोरी छन् ।

अध्यक्ष निरौलाको जेठी भाउजु हेमकुमारी निरौला भने कोरोनामुक्त भइसक्नुभएको परिवारले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्