संक्रमितहरुको स्वास्थ्य लाभको कामना गर्दै भक्तपुरका १०८ मन्दिरमा एकसाथ दीप प्रज्ज्वलन

भक्तपुर ।नेपाली कांग्रेस भक्तपुरले जिल्लाका १०८ वटा मन्दिरमा एक साथ दीप प्रज्ज्वलन गरेको छ।

कोरोना संक्रमितको शीघ्र स्वास्थ्यलाभ तथा मृतकको चीरशान्ति कामना गर्दै कांग्रेसले शनिबार जिल्लाका चारवटै स्थानीय तहका ३८ वडाका १०८ मन्दिरमा एकसाथ दीप प्रज्ज्वलन गरेको हो।
क्षेत्र नं. १ र २ को आह्वानमा गरिएको सो कार्यक्रमअन्तर्गत गर्दै चाँगुनारायण मन्दिरमा सवा लाख बत्ती बालिएको नेपाली कांग्रेस भक्तपुरका उपसभापति हरिप्रसाद नेपालले जानकारी दिए।
सो अवसरमा बागमती प्रदेशका सांसद एवम् नेपाली कांग्रेस संसदीय दलका उपनेता कृष्णलाल भँडेलले राष्ट्रपति र प्रधानमन्त्री अलोकतान्त्रिक र असंवैधानिक कदम चाल्नमा व्यस्त भएको र कोभिड महामारीको नियन्त्रणमा सरकारले पर्याप्त ध्यान दिन नसकेको आरोप लगाए।
क्षेत्र नं. १ का क्षेत्रीय सभापति जीवन खत्रीले जनता महामारीको चपेटामा परिरहेको समयमा सरकार कुर्सी बचाउन र भ्रष्टाचारमा लिप्त भएको बताए। क्षेत्र नं. २ का क्षेत्रीय सभापति नारायण खायमलीले नागरिकको जीवन रक्षा गर्ने सवालमा समेत संवेदनशील नहुने सरकारसँग अरू कुराको लागि आशा राख्नु व्यर्थ भएको बताए।

