नेकपा माओवादी केन्द्र सोलुखुम्बुले गर्‍यो उम्मेदवारका लागि २७ जनाको नाम सिफारिस (को-को छन्?)



सोलुखुम्बु ।नेकपा माओवादी केन्द्रले आगामी मंसिर ४ गते हुने प्रदेश तथा संघीय निर्बाचनका लागि उम्मेदवारहरुको नाम सिफारिस गरेको छ।

संयोजक अशिम राईको अध्यक्षतामा सोमबार सम्पन्न जिल्ला समन्वय समिति सोलुखुम्बुको बिस्तारित बैठकले संघीय संसद प्रतिनिधिसभा र प्रदेशसभाका लागि प्रदेश कमिटी समक्ष उम्मेदवारहरुको नाम सिफारिस गरेको हो।एउटामात्र संघीय निर्बाचन क्षेत्र रहेको सोलुखुम्बुमा सो पार्टीले प्रत्यक्षतर्फ तीन र समानुपातिकतर्फ ४ जनाको नाम सिफारिस गरेको छ।दुई प्रदेश निर्बाचन क्षेत्रका लागि प्रत्यक्ष र समानुपातिकतर्फ २० जनाको नाम सिफारिस भएको संयोजक राईले जानकारी दिए।

संघीय संसद प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ हेमकुमार राई,अशिम राई शिबबहादुर बस्नेत समानुपातिकतर्फ दिलबहादुर नेपाली,पासाङ शेर्पा,करुणा बस्नेत र धर्मराज बनको नाम सिफारिस भएको छ।

प्रत्यक्षतर्फ सिफारिस भएका राई र बस्नेत सो पार्टीका केन्द्रीय सदस्य हुन्।राई नेपाली कांग्रेसका नेता बलबहादुर केसीलाई पराजित गर्दै अघिल्लो निर्बाचनमा पनि बामगठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यमा बिजयी भएका थिए।उनी नेकपा माओवादी केन्द्र सोलुखुम्बु जिल्ला समन्वय समिति इन्चार्ज समेत हुन।

उता असिम आफैं जिल्ला समन्वय समिति संयोजक हुन्।पार्टी नेताहरुसंगको बलियो पहुँच भएका राई जिल्लाको थुलुङ दुधकोसी गाउँपालिका अध्यक्षमा दोश्रो कार्यकालका लागि निर्बाचित भएका छन् ।उनी नेकपा माओवादी केन्द्रका आशा लाग्दा युवा नेता हुन्।

प्रदेशतर्फ नेकपा माओवादी केन्द्रले ‘क’ को प्रत्यक्षमा गोम्बु शेर्पा,हिमाल गिरी,जुद्दबहादुर कार्की,रामबहादुर राई र धर्मराज बन छन् भने समानुपातिकतर्फ अमृता कुलुङ,प्रल्हाद राई, बलबहादुर राई,धनकुमार बिश्वकर्मा,केशर बहादुर राई,टेकबहादुर बस्नेत र अनिशा राइलाई सिफारिस गरिएको छ।

यसैगरी,प्रदेश ख’ को प्रत्यक्षतर्फ ठमनाथ पराजुली,ङिमातेण्डुप शेर्पा, नाम्गेल शेर्पा,दावातेञ्जी लामा र समानुपातिकतर्फ दिब्य खालिङ राई,शारदामाया तामाङ, दीपक श्रेष्ठ र रग्बा शेर्पालाई क्लष्टर अनुसार सिफारिस गरिएको जनाईएको छ।

प्रतिक्रिया दिनुहोस्