१३ लाख रुपैयाँसहित न्युरोडबाट १५ जुवाडे पक्राउ



काठमाडौं।निषेधाज्ञालाई अवज्ञा गरी अवैधरूपमा रूपमा जुवा खेलिरहेका १५ जुवाडे काठमाडौंको न्युरोडबाट पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाण्डौले जनाए अनुसार स्थानीय पूर्णलाल महर्जनको घरमा जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका उनीहरूबाट १३ लाख ४३ हजार रुपैयाँ नगद, कौडा र ताससहित बरामद गरिएको छ।

घरको छैटाैं तलामा अजय श्रेष्ठले भाडामा लिएको कोठामा पैसाको बाजी लगाइ हारजित हुने गरी जुवा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा परिसर र वृत्त जनसेवाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेर अनुसन्धान थालेको छ ।पक्राउ परेकाहरुमध्ये भाग्ने क्रममा काठमाण्डौ बाफल बस्ने भक्त बलामी घाइते भएका छन् । उनको महाराजगञ्जमा रहेकाे शिक्षण अस्पतालमा उपचार भइरहेको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्