सरकारी तहमै सम्झौता गरेर भारतसँग मल खरिद गर्ने सरकारको निर्णय

काठमाडौं। सरकारले भारतसँग सरकारी तहमै मल खरिदका लागि प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले भारतसँग जी टु जी सम्झौताबाट नेपाललाई आवश्यक मल ल्याउने प्रक्रिया अघि बढाउने निर्णय गरेको बताईएको छ।
बर्षायाम सुरु भएसंगै रासायनिक मल अभाव हुन नदिन यसै वर्ष भारतसँग सम्झौता गरेर मल ल्याइने प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो।
भारतसँग सरकारी तहमै सम्झौता गरेर मल खरिद गर्ने प्रक्रिया तत्कालै थाल्ने गरि मन्त्रिपरिषदले निर्णय गरेको हो।

