पूर्बमन्त्री बर्षामान पुनको अक्सिजन ब्यापार,१२ हजार पर्ने सिलिन्डर झण्डै ३० हजारमा बिक्री !



राेल्पा । पूर्व ऊर्जामन्त्री तथा माओवादी केन्द्रका नेता वर्षमान पुनकाे कम्पनीले अक्सिजन सिलिण्डरमा कालाेबजारी गरेकाे फेला परेकाे छ । पुनले गृह जिल्ला रोल्पाकाे अस्पताल र गाउँपालिकाहरूमा प्रति सिलिण्डर १२ हजार मूल्य पर्ने अक्सिजन सिलिण्डर २९ हजार ३ सय ८० मा बेचेर कालाेबजारी गरेकाे फेला परेकाे हाे ।

पुनले आफ्नो सचिवालयका कर्मचारी भिमकान्त भण्डारीलाई विध म्यानेजमेन्ट प्रालि खोलिदिएका छन् । साेही कम्पनीमार्फत ७८ वटा अक्सिजन सिलिन्डर निःशुल्क दिएकाे भन्दै पुनका स्वकीय सचिव सन्ताेष पुनले प्रचार गरेका थिए । तर निःशुल्क दिएकाे नभइ सन्तोषले आफै सिलिन्डर बोकेर स्थानीय तहलाई बेचिरहेकाे गाउँपालिकाहरूले बताएका छन् ।

शुरुमा सन्तोषले पूर्वमन्त्री पुनले गाउँपालिकाहरूलाई पठाइदिएको सिलिन्डर भन्दै सदरमुकाममा प्रचार गरेका थिए । त्यसपछि गाउँपालिकासँग समन्वय गर्दै सिलिन्डर हस्तान्तरण गरेपनि । तर पछि उनले यसको शुल्क लाग्ने भन्दै बिल थमाएको गाउँपालिकाहरूले गुनासो गरेका छन् ।

‘हामीले निःशुल्क भनेर हाम्रै नेताले पठाउनुभयो भनेर सिलिन्डर लियौँ, तर पछि बिल थमाइयो’, नाम नबताउने शर्तमा एक पालिका अध्यक्षले भने, ‘विरोध गर्नु आफ्नै नेता, नगर्नु फसाए ।’ तर सन्तोषले आफ्नो फेसबुकमा भने पूर्वमन्त्री वर्षमान पुनको विशेष पहलमा रोल्पा जिल्लामा बढ्दो कोराना सङ्क्रमणको नियन्त्रण र जिल्लावासीको स्वास्थ्य सुरक्षालाई ख्याल राख्दै जिल्ला अस्पताल र गाउँपालिकाहरूको लागि अत्यावश्यक (७६ वटा) अक्सिजन सिलिन्डर दिएको भन्दै निःशुल्क दिएको भान पर्ने गरी प्रचार गरेका छन् ।

उनका अनुसार पुनको कम्पनीबाट बिक्री गरेका सिलिन्डरमध्ये थबाङ गाउँपालिका मा १० थान, परिवर्तन गाउँपालिका मा १० थान, गंगादेव गाउँपालिका मा १० थान, माडी गाउँपालिका मा १० थान , सुनिल स्मृति गाउँपालिका मा ८ थान, लुङ्ग्री गाउँपालिका मा १० थान र जिल्ला अस्पताल रोल्पा मा १८ थान अक्सिजन सिलिन्डर दिएको बताएका छन् । वर्षमानको कम्पनीले बेचेका सिलिन्डर माओवादी नेता तथा प्रदेश सभा सदस्य दिपेन्द्र पुन ‘सिजल’ले निशुल्क वितरण गरेजस्तै गरी हस्तान्तरण गरेर प्रचारबाजी गरेका थिए ।

[साभार :आजको अर्थ डटकम]

प्रतिक्रिया दिनुहोस्