बिरगन्जमा भीम रावलको पुत्ला दहन

वीरगन्ज। सरकारद्वारा जारी नागरिकता सम्बन्धि अध्यादेशको बिरोध गरेको भन्दै बीरगन्जमा एमाले पूर्बनेता भीम रावलको पूत्ला दहन गरिएको छ।

भ्रमपूर्ण प्रचार गरी साम्प्रदायिकता भड्काउन खोजेको आरोपमा वीरगन्जमा युवाहरुले नेता रावलको पुत्ला दहन गरेका हुन।
नेपालको संविधानको भाग २ को धारा १० (१) मा उल्लेखित संबैधानिक प्रावधानको खिल्ली उडाउंदै हालै जारी नागरिकता सम्बन्धि अध्यादेशको विरोध गर्नेहरू मधेस विरोधी भएको आरोप लगाउंदै
वीरगन्जका सचेत, जागरूक एवं क्रान्तिकारी युवाहरूले कोरोनाको कहरलाई मध्यनजर गर्दै साङ्केतिक रूपमा रावलको पुतला दहन गरी विरोध जनाएको बताईएको छ।

