अमेरिकाबाट स्वास्थ्य सामाग्री आउने क्रम सुरु

काठमाडौं।कोरोनाविरुद्ध लड्न अमेरिकाले नेपाललाई दिएको सहायता प्राप्त हुने क्रममा रहेको छ । शनिबार स्वास्थ्य सामग्रीको पहिलो खेप अन्तरगत स्वास्थ्य सामग्री आएका छन् ।

पहिलो खेपमा अमेरिकी कार्गो विमानले सर्जिकल मास्क, फेस सिल्ड र ग्लोब्स लगायत सामग्री लिएको हो । यसअघि १०० थान भेन्टिलेटर, परीक्षण किट्स, पीपीई, अक्सिजन उपकरण दिएको थियो । यस्तै युएसएडले आइतबार १००० थान अक्सिजन सिलिन्डर प्रदान गर्ने तयारी गरेको छ । दुईदिनभित्र अमेरिकी कार्गो बिमानले थप दुई खेप सामान ल्याउने परराष्ट्र मन्त्रालयले जनाएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी सहयोग नियोग युएसएड र अमेरिकी दूतावासका प्रतिनिधिले स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमलाई सामग्री हस्तान्तरण गरे ।

