कोरोना : पछिल्लो २४ घण्टामा थपिए ७३६८ संक्रमित, ६६४८ जना संक्रमणमुक्त,१४५ को मृत्यु



काठमाडौं।पछिल्लो २४ घण्टामा देशभर ७ हजार ३६८ जना कोरोना संक्रमित थपिएका छन् । पिसिआर परीक्षणबाट ७ हजार ३१७ र एन्टिजेन परीक्षणका ५२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबारको प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए।

प्रवक्ता गौतमका अनुसार अहिले देशभर सक्रिय संक्रमित १ लाख १० हजार २६३ जना छन् । जसमा संस्थागत ७ हजार ८०८ आइसोलेसनमा जना र होम आइसोलेसनमा १ लाख २ हजार ४५५ जना छन् ।

देशभरका प्रयोगशालामा आज १९ हजार ५३९ पिसिआर परीक्षण गरिएको छ । ३४४ एन्टिजेन परीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार ६४८ जना कोरोनामुक्त भएको गौतमले बताए । पछिल्लो २४ घण्टामा १४५ जनाले कोरानाबाट ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्