माप्यदुधकोशी : हेलिकप्टरमार्फत गर्भवती महिलाको उद्दार



खगिन्द्रराज बास्तोला
सोलुखुम्बु । जिल्लाको माप्य दुधकोशी गाउँपालिकाबाट एक गर्भवती महिलाको हेलिकोप्टर मार्फत उद्धार गरिएको छ ।

दुई दिनदेखि सुत्केरी ब्यथा लागेकी गाउँपालिकाको वडा नं-१ जुभिङकी २६ वर्षीया सुस्मीता राईलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको गाउँपालिका अध्यक्ष बुद्धिकिरण राइले जानकारी दिएका छन। उद्दार गरिएकि राईलाई काठमाडौंको थापाथलीस्थित प्रसूती गृह लगिएको छ ।

माप्यदुधकोशीको बासा स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा उपचार सम्भव नभएपछि थप उचारका लागि रेफर गरिएकि राइलाई उद्दारका लागि पहल गरेको भन्दै अध्यक्ष राइले संघीय सांसद हेमकुमार राई सुरबीर र प्रमुख जिल्ला अधिकारी गणेशबिक्रम शाही लगायतलाई धन्यवाद प्रकट गरेका छन।

प्रतिक्रिया दिनुहोस्