संसारमै नेपालमा कोरोना संक्रमण दर उच्च, नेपाल दोस्रो र भियतनाम पहिलो स्थानमा



काठमाडौं । नेपालमा कोरोनाभाइरस संक्रमण उच्च दरमा रहेको छ । विश्वकै कोरोना संक्रमण फैलिने दर उच्च रहेको नेपालमा दोस्रो स्थानमा रहेको छ । पहिलो स्थानमा भियतनाम रहेको छ ।

नेपालमा संक्रमण दर १.६ छ भने भियतनाममा २.४ छ । यो तथ्यांककाअनुसार नेपालमा १० जना संक्रमितले १६ जनालाई सार्ने गर्छ ।

भारतको तुलनामा नेपालमा दैनिक संक्रमितको संख्यासमेत निकै बढी रहेको छ । चालु हप्ता नेपालमा ५१ प्रतिशतले संक्रमितको संख्या वृद्धि भएको तथ्यांकले देखाएको छ । यो विश्वमै संक्रमण दरको हिसाबले दोस्रो रहेको चिकित्सकहरु बताउँछन् ।

यस्तै, दैनिक कोरोना संक्रमणबाट नेपाल ज्यान गुमाउनेको प्रतिशत ३.३ छ । यो भारतको भन्दा १.२ बढी हो । भारतमा २.५ प्रतिशत कोरोना संक्रमितले ज्यान गुमाएका छन् ।

अर्थात कोरोना संक्रमणले हुने मृत्युको संख्या प्रति १० लाख जनसंख्यामा नेपालमा ३.३ प्रतिशत रहेको हो भने भारतमा २.५ प्रतिशत रहेको छ।

प्रतिक्रिया दिनुहोस्