आर्थिक अनियमितता नगर्न महानिरीक्षक शैलेश थापा क्षेत्रीको निर्देशन

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपाल प्रहरी संगठनले अंगिकार गरेका नीति तथा कार्य(योजनाहरुको कार्यान्वयन गरी नतिजामुखी कार्यसम्पादनतर्फ उन्मुख हुनुपर्ने बताउँदै निजी स्वार्थ सिद्ध गर्न कुनैपनि आर्थिक अपार्दशिताका गतिविधिहरु नगर्न निर्देशन दिएका छन।

गृह मन्त्रालय र गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आयोजित २ दिने सुरक्षा गोष्ठीमा सहभागी प्रदेश अन्तर्गतका प्रहरी कार्यालयका प्रमुखहरुलाई निर्देशन दिंदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले उक्त कुरा बताएका हुन ।
उनले महिला, बालबालिका तथा जेष्ठ नागरिक विरुद्धका अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरी उच्च संवेदनशील रहि पीडितलाई प्रहरी सेवाको सकरात्मक सेवाभाव महशुस हुने गरी कार्यसम्पादन गर्न समेत निर्देशन दिएका थिए ।

