चोरीका सामानसहित कुखुरे समूह पक्राउ



काठमाडौं । चोरीमा संलग्न रहेको आरोपमा कुखुरे समूहलाई पक्राउ गरिएकाे छ। महानगरीय अपराध महाशाखाको टोलीले कुखुरे समूहका ५ सदस्यलाई चोरीको सामानसहित पक्राउ गरेको हाे।

यो समूह विगत ४/५ वर्षदेखि बालाजु, महाराजगञ्ज क्षेत्रलाई आधार इलाका बनाएर चोरी गर्दै आएको थियो। टोखा नगरपालिका-८ स्थित सुरेश शाहीको घरमा रहेको ४० इन्चको टिभी र विभिन्न सुनका गरगहना गरी १३ लाख ६१ हजार रुपैयाँ बराबरका सामान चोरी भएपछि यो समूहमाथि प्रहरीले निगरानी बढाएको थियो।

चोरीमा संलग्न रहेको भनिएको कुखुरे समूहका नाइके राजेश लामिछाने हुन्। यही समूहले चोरी गरेको हुनसक्ने भन्दै अनुसन्धानमा खटिएको प्रहरी टोलीले यसका ५ जना सदस्यलाई पक्राउ गरेको हाे।

प्रतिक्रिया दिनुहोस्