कोरोना : भक्तपुरमा मनाइने प्रसिद्ध बिष्केट जात्रा स्थगित



काठमाडाैं । काेराेना महामारीकाे कारण भक्तपुरमा मनाइने प्रसिद्ध बिस्केट जात्रा स्थगित गरिएको छ। भक्तपुर जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, जिल्ला समन्वय समिति प्रमुख नवराज गेलाललगायतको उपस्थितिमा आइतबार बसेकाे कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्रको बैठकले जात्रा रोक्ने निर्णय गरेको हो।

‘भक्तपुर जिल्लामा मनाइने विस्केट जात्रामा लिङ्गो ठड्याउने तथा रथ तान्ने काममा हजारौं भक्तजनहरू सहभागी हुने गरेको तथा सो भिडभाडले काेराेना भाइरस संक्रमण फैलन गई भयाभयको अवस्था सिर्जना हुनसक्ने सम्भावना रहेकाले यस वर्षको विस्केट जात्रा स्थगित गरिएकाे छ,’ निर्णयमा भनिएको छ।

जात्रामा पूजारीलाई मात्र राखेर पूजा गर्ने, रथ तान्ने र लिङ्गो ठड्याउने काम गत वर्ष जस्तै यस वर्ष पनि नगर्ने जनाइएकाे छ।

प्रतिक्रिया दिनुहोस्