२३ दिनमा हिमाल आरोहणका लागि १४ टिमका ११३ जनाले लिए परमिट



काठमाडौं । सन् २०२१ को वसन्त ऋतुमा हिमाल आरोहणका लागि २३ दिनमा १४ टिममा ११३ जनाले अनुमति (परमिट) लिएका छन्। पर्यटन विभागमा अनुसार ८ वटा हिमाल आरोहणका लागि उनीहरुले परमिट लिएका हुन्।

सगरमाथा आरोहणका लागि ४ टिमका ४६ जनाले परमिट लिएका छन्। सगरमाथा आरोहणका लागि परिमट लिएका मध्ये १६ जना बराइनी राजकुमारसहितको सदस्य हो। यसैगरी, अन्नपूर्ण हिमाल अरोहणका लागि २ दलका ३० जनाले अनुमति लिइसकेका छन्। त्यसमा १३ जना महिला र १७ जना पुरुष रहेकाे विभागले जनाएकाे छ। मनास्लु हिमाल आरोहणका लागि १ जना र नुप्त्से हिमाल आरोहणकमा लागि ४ जनाले अनुमति लिएका छन्। नेपाल खबरबाट

प्रतिक्रिया दिनुहोस्